२ दिनमा १७ हजारले गरे एक्स्पोको अवलोकन, बिदामा झनधेरै चहलपहल (तस्बिरहरू)

काठमाडौँ । ‘के हामी आत्मनिर्भर छौँ ?’ भन्ने थिममा केन्द्रित रहेर राजधानीको भृकुटीमण्डपमा चलिरहेको फर्निचर तथा फर्निसिब एक्स्पोमा अवलोकनकर्ताको चाप देखिएको ।

इन्द्रजात्राको अवसरमा भएको बिदाका कारण एक्स्पोको दोस्रो दिन बिहीबार अवलोकनकर्ताको चाप देखिएको हो ।

एक्स्पोमा सञ्चालित खुल्ला बजारमा पनि उपभोक्ताको चहलपहल धेरै देखिएको छ । बिहीबार साँझसम्ममा १७ हजारले एक्स्पोको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

फर्नेक्स २०२३ को आयोजक नेपाल फर्निचर तथा फर्निसिब संघका महासचिव एवं एक्स्पोका प्रवक्ता सञ्जय लामाका अनुसार बिहीबार मात्र १० हजारभन्दा धेरैले एक्स्पो अवलोकन गरेका छन् ।

एक्स्पो सुरु भएको दिन बुधवार पनि ७ हजारले अवलोकन गरेका थिए । आगामी आइतबारसम्म चल्ने एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको लामाले जानकारी दिए ।

एक्स्पोलाई किब कोयलले शीर्ष प्रायोजन गरेको छ । त्यसैगरी प्रेष्टिज कार्पेट एशोसिएट पार्टनर रहेको एक्स्पोको पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिब व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र यती पोलिकेम रहेका छन् ।

    

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *