मोरङ्गमा नबिल बैंकको २६६ औँ शाखा उद्घाटन

मोरङ्ग । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैङ्क लिमिटेडको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ ।

बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैङ्कले जनाएको छ ।

गोठगाँउ शाखाको उद्घाटन प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उप कुलपति प्रा।डा।यादव राज कोईराला, नबिल बैङ्कका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंंगानाले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा अतिथिहरू पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङ्गका सभापति राकेश राना, नबिल बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे लगायत बैङ्कका उच्चअधिकारीहरूको उपस्थितीे रहेको थियो ।

नबिल बैङ्कका संचालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहूच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।

मन्तव्य दिने क्रममा प्रमुख अतिथि कोईरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानीय वासी समेत लाभान्वित हुने बताए ।

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले स्वागत मन्तव्य राख्दै पूर्वाञ्चल विश्वविद्यालय, गोठगाँउमा बैंकको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको बताए ।

‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पुरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ । साथै निकट भविष्यमा नै विश्वविद्यालयको लागि अडोटिरिएम हल निर्माणमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्नेमा हामी प्रतिबद्ध रहेका छौँ,’ ढुागानाले बताए ।

नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्क मध्ये एक हो । बैङ्कले देशभर २६६ शाखा सञ्जालसहित
१९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *