चिकित्सकहरुको आन्दोलन आज पनि जारी (तस्बिरहरू)
मकालु खबर
२०८० असोज १३ गते
काठमाडौँ । आफूहरू असुरक्षित महसुस गरिरहेको भन्दै आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकहरूले आज पनि आन्दोलन जारी राख्नेका छन् ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै स्वास्थ्यकर्मी हरुले विरोध प्रदर्शन गरेका हुन् ।
विशेष गरी पोखराको मणिपाल शिक्षण अस्पतालमा लमजुङकी एक जना बिरामीको मृत्यु भए पश्चात् अस्पताल तोडफोडदेखि डाक्टरलाई कुटपिट गरेको घटनाका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीको आन्दोलन थप चर्केको हो ।
स्वास्थ्यकर्मीहरुले काठमाडौँको माइतीघर देखि बानेश्वोरसम्म मलमपट्टि लगाएर साङ्केतिक प्रदर्शन गरेका छन् ।
तस्बिरहरू :
मकालु खबर
२०८० असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित