एमाले कोशी प्रदेश अधिवेशन: अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी दर्ता

विराटनगर । नेकपा एमाले काेशी प्रदेशको अध्यक्षमा विनाेद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् ।

सहमतिको प्रयास गरेपनि दुबै नेताहरु पछि नहटेपछि निर्वाचनबाटै अध्यक्ष छिनोफानो हुने अवस्था बनेको हो ।

ढकालकाे समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई छन् ।

खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् ।

एमाले अधिवेशनका लागि ९९७ जना प्रतिनिधि आएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि आइतबार निर्वाचन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *