खाना पकाउने ग्यासको मूल्य २१ सय नाघ्यो (नयाँ मूल्य सूची)
मकालु खबर
२०८० असोज १४ गते
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागू हुनेगरी ग्यास प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाएको हो ।
पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढेको छ । मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको २ हजार ११० र काठमाडौंमा पेट्रोल प्रतिलिटर १८५ र डिजेलरमट्टितेल प्रतिलिटर १७५ पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मकालु खबर
२०८० असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित