राष्ट्रिय वाणिज्य बैङ्क मार्फत हिमाल रेमिटको रेमिटान्स भुक्तानी
काठमाडौँ । अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैङ्क मार्फत हुने भएको छ ।
विश्वका जुनसुकै देशहरूमा रहेका आफन्तहरूले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरूबाट भुक्तानी हुने भएको हो ।
बैङ्कका ग्राहकहरू तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरूलाई नेपालमा रेमिटान्स प्राप्त गर्न सहज हुने राष्ट्रिय वाणिज्य बैङ्कले बताएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिट प्रा।लि।का बीच यस अघि भएको सम्झौतापत्रमा बैङ्कका तर्फबाट विभागीय प्रमुख ऋषि राम ढकाल र प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले हस्ताक्षर गरेका थिए ।
बैङ्कका हाल ७ वटै प्रदेशका जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८४ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६५ वटा एक्स्टेन्सन काउण्टर, ईन्टरनेट बैंकिङ्ग, परिष्कृत रूपको मोबाइल बैंकिङ्ग ९डिजिटल संसार० तथा बिना ईन्टरनेट चल्ने मोबाइल बैंकिङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।