खुस्बी रौनियारले रहेछन् सडकको बिरुवा उखेल्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकामा बिरुवा उखेलेर फाल्न एक महिला पक्राउ परेकी छिन् । भरतपुर महानगरपालिका-३ अन्तर्गत सहिदचोक-बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेलेर फाल्ने सोही ठाउँकी २८ वर्षीया खुस्बी रौनियारलाई पक्राउ गरिएको हो ।

सिसिटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखालेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

केही दिनअघि मात्रै भरतपुर महानगरपालिकाले वृक्षारोपण महाअभियान चलाएर मेयर रेनु दाहाललगायतको उपस्थितिमा सडकमा बिरुवा रोपेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *