एनसेलकोे ल्यायो ‘अलवेज अन डेटा’, अब इन्स्टाग्राममा पनि
काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ ।
यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले कर सहित मात्र रु १०० मा आफू जहाँ भएपनि लामो समयासीमा सहित मोबाइल डेटाको फाइदा लिन सक्छने बताएको छ ।
यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विशेषता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ । ग्राहकहरूले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार यो प्याक सुचारु गर्न सक्छन् । यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ । ग्राहकले अब कर सहित मात्र रु १९१ मा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन् ।
ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ५ एष्ट्रिक्स ६ ह्यास डायल गरेर यो प्याक लिन सक्छन् । त्यस्तै, कर सहित रु। ४५९ मा ग्राहकले फेसबुक युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १।५ जीबी डेटा लिन सक्छन् । यस बाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन् ।
२८ दिनको समयसीमा रहेको यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ५ एष्ट्रिक्स ७ ह्यास डायल गरेर लिन सकिन्छ ।
अलवेज अन डेटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैँ सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रही सधैैं सम्पर्कमा बसी रहन ठुलो भूमिका खेल्ने एनसेलले बताएको छ ।
एनसेलको बारेमा एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्ने काम गर्दै आएको छ ।
ठग्ने प्रवृत्ति बढ्यो एनसेलको पनि धेरै बझाङ बित्थडचीर गा पामा टावर बनेको छ तर गति 2जी बराबर छ😫🤨सुधार होस अनि डाटा लिएर चलाउदा बिस्तारै चल्ने अनि बिना डाटा डाटा खोल्दा तिब्र गति दिने लुट मचाएको छ