माछापुच्छ्रे बैंकले २३ औँ वार्षिकोत्सव अवसरमा ल्यायो ‘क्यासब्याक’ अफर

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. २३ औँ वर्ष पार गरी २४ औँ वर्षमा प्रवेश गरेको छ ।

२३ वर्ष अघि पोखरामा क्षेत्रीय स्तरको बैङ्कको रूपमा स्थापना भएको माछापुच्छ्रे बैंक लि। आजको दिनमा आइपुग्दा व्यावसायिक बैङ्कहरूमा अब्बल स्मार्ट बैङ्कको रूपमा स्थापित हुन सफल भएको छ ।

२३ वर्षको दौरानमा बैंक प्रति अनवरत रूपमा साथ सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहकहरू प्रति बैंक सदैव अनुगृहीत रहेको छ ।

२३ वर्ष पुरा गरी २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैङ्कले एक विशेष कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर यस बैङ्कमा सेवा गरिरहेका कर्मचारीहरूलाई सम्मान प्रदान गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लि।का अध्यक्ष डा। उपेन्द्र महतोले २३ वर्ष सम्म बैङ्कको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा सम्वृद्धिका लागि अभिभावकको रूपमा निरन्तर मार्गदर्शन तथा साथ दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एवं शुभ चिन्तकहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरूमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै थप उत्कृष्ट सुविधाहरू प्रदान गर्दै बैङ्कको संस्थागत सुशासनको महत्त्व मनन गरी संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले ‘स्मार्ट बैंक’ भन्ने मूल नाराका साथ डिजिटल इकोनोमीमा प्रभावकारी भूमिका खेल्दै आइरहेको माछापुच्छ्रे बैंक लि।ले आजको दिनसम्म आई पुग्दा आफूलाई स्मार्ट बैङ्कको रूपमा स्थापित गर्न सफल भएको बताए ।

साथै माछापुच्छ्रे बैंकले आफ्नो २३ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा अफरहरू ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू डेबिट तथा क्रेडिट कार्ड० बाट लिन सकिनेछ ।

उक्त अफर अन्तर्गत २ जना भाग्यशाली ग्राहकले सामसङ ट्याब्लेट, १ जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् साथै बैङ्कको १ जना ग्राहकले एमबिएल एम स्मार्टबाट बिल भुक्तानी गर्दा निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यी अफरहरू आश्विन १५ देखि आश्विन ३०, २०८० गते सम्मको लागि लानुहुने बताएको छ ।

शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *