आपसी सद्भाव कायम गर्न अध्यक्ष ओलीको आग्रह
मकालु खबर
२०८० असोज १७ गते
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उहाँले पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सद्भाव र सहिष्णुतामा खलल पुगेको भन्दै एक आपसमा सद्भाव र धार्मिक आस्थाको सम्मान गर्न आग्रह गरेका हुन्।
साथै अध्यक्ष ओलीले मुलुकको राष्ट्रियता एकता अक्षुण्ण राख्न आग्रह गरे।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो समाजको मुख्य विशेषताबीचको एकता र आपसी सहिष्णुता हो । एउटाको आस्थामाथि अर्काले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र आस्था नेपाल भूमिमा सधैँ संरक्षित हुँदै आएका छन् ।”
मकालु खबर
२०८० असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित