एमाले गण्डकीको निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक
मकालु खबर
२०८० असोज १८ गते
काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा निर्वाचनमा मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको छ ।
बिहीबार मतदान सुरु हुनुअघि प्यानगलत नबनोस् भन्नको लागि मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको हो ।
प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नको लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मण्डलले बताए ।
गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिस्टले विजय प्राप्त नगर्नेलाई यथोचित जिम्मेवार दिने र भोलिका दिनमा पार्टी सुदृढ बनाउन उनीहरूको भूमिका उल्लेखनीय रहने बताए ।
अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ भने अबको केही समय पश्चात् उम्मेदवारिको घोषण गरिने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
मकालु खबर
२०८० असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित