मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई ललितपुरको ‘सुमेरु अस्पताल’ मा विशेष छुट
मकालु खबर
२०८० असोज १९ गते
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरूलाई थप सेवा दिन ललितपुरको
धापाखेलमा रहेको ‘सुमेरु अस्पताल’ सँग छुट प्रदान गर्ने व्यावसायिक सम्झौता गरेको छ ।
यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले सुमेरु अस्पतालको विभिन्न सेवाहरू जस्तै ओपिडी, आईपिडि र फारमेसीमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको मुक्तिनाथ बैङ्कले जनाएको छ ।
मकालु खबर
२०८० असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित