एफवान सफ्ट ग्रुपसँग तीन राष्ट्रिय क्रिकेट खेलाडी ‘ब्रान्ड एन्डोर्सर’ को रूपमा आबद्ध
ललितपुर । एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले, तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर समारोह गरेको छ।
एफवान सफ्ट ग्रुप को सहायक कम्पनीहरू फोनपे, ई सेवा र ई सेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरी सँग,
सो खेलाडीहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको एफवान ग्रुपले जनाएको छ।
क्रिकेटरहरू सँगको यस सम्झौता हस्ताक्षर यही असोज १८ गते एफवान सफ्ट ग्रुप का निर्देशक श्री सुवास शर्मा, ई सेवा का चिफ बिजनेस अफिसर श्री आशिष गौतम, ई सेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन
म्यानेजर श्री सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर श्री सुमित दासको उपस्थितिमा भएको थियो।
यस साझेदारीको साथ, एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिने लक्ष्य राखेको बताएको छ।
एफवान सफ्ट ग्रुप, यस सहकार्यको साथ मैदानमा खेलाडीहरूको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई, खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध
रहेको बताएको छ।
खेलाडीहरूको आकाङ्क्षालाई प्राथमिकता दिएर, यो साझेदारीले खेलाडीहरूको क्षमता लाई अझै सशक्त बनाउन खोजेको छ र यसो गर्दा, नेपाली क्रिकेट जगत कै उत्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको कम्पनीले जनाएको छ।
एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले भने ‘हामी हाम्रा राष्ट्रिय नायकहरूसँग जोडिन पाउँदा गर्व महसुस गर्छौँ र उहाँहरूको यात्रामा सहभागी हुन पाउँदा हामी खुसी छौँ। यस साझेदारीको प्राथमिक उद्देश्य भनेको हाम्रो क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्नु र खेलाडीहरूको व्यक्तिगत र
व्यावसायिक विकासमा सहयोग गर्नु हो। यस्का साथै खेलाडीहरूलाई हाम्रो प्रयासको केन्द्रबिन्दुमा राखेर, नेपाली क्रिकेटमा सफलता र उपलब्धिको नयाँ युग प्रज्वलित गर्ने लक्ष्य हामीले लिएका छौँ ।’
एफवान सफ्ट ग्रुप नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे र डिजिटल वालेट विकास गरेको हो। एफवान सफ्ट का उत्पादनहरू र सेवाहरू ६०ं बैंकहरू र वित्तीय संस्थाहरूका २० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूद्वारा प्रयोगमा छन्।