कोशीमा उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ दिनको समय

कोशी प्रदेशका प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरुलाई ६ दिनको समय दिएका छन्।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने अघिल्लो दिन राजीनामा दिएपछि सरकार गठनको अन्तिम विकल्पमा पुगेको हो।

शनिबार कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन्।

त्यसको केही घन्टापछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ ९५० बमोजिम प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न सक्ने प्र्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

यस्तो दाबी २६ असोज (शुक्रबार) अपराह्न ५ बजेभित्र पेश गरिसक्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। यदि कुनै पनि दलले दाबी पेश गर्न नसकेमा कोशी संसद स्वतः विघटन हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *