विजयी लयमा फर्किए म्यानचेस्टर युनाइटेड र चेल्सी
काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडले ब्रेन्टफर्डमाथि २–१ को नाटकीय पुनरागमन जित निकालेको छ । १ गोलले पछि परेको अवस्थामा इन्ज्युरी समयमा २ गोल फर्काउँदै युनाइटेड जित हासिलल गर्न सफल भएको हो ।
दुबै गोल ८७ औं मिनेटमा मैदान प्रवेश गरेका स्कट मकटोमिनेले गरेका हुन् । २६औं मिनेट माथियास येन्सनले गोल गर्दै ब्रेन्टफर्डलाई अग्रता दिलाएका थिए । लगातार दुई खेलमा हार बेहोरेको युनाइटेड ब्रेन्टफर्ड पनि हारको नजिक पुगेर जित निकाल्न सफल भएको थियो । निर्धारित ९० मिनेटमा गोल फर्काउन नसक्दा युनाइटेडका समर्थक निराश भएका थिए ।
अन्त्यतिर मैदाान प्रवेश गर्ने मौका पाएका मकटोमिनेले ४ मिनेटको फरकमा २ गोल गर्दै टोलीका लागि सनसनीपूर्ण जित निकाले । उनले इन्ज्युरी समयको तेस्रो र सातौं मिनेटमा गोल गर्दै नतिजा उल्टाएका थिए । जितपछि युनाइटेड ८ खेलमा १२ अंक सहित नवौं स्थानमा उक्लेको छ । ब्रेन्टफर्ड ७ अंक सहित १४ औं स्थानमा छ ।
यस सिजनमा खराब शुरुवात गरेको चेल्सी विजयी लयमा फर्किएको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले लगातार दोस्रो जित हासिल गर्दै विजयी लयमा फर्किएको हो । चेल्सीले बर्नलीमाथि ४–१ गोल अन्तरको शानदार जित हासिल गरेको छ ।
चेल्सीको जितमा कोले पाल्मेर, रहीम स्टरलिङ र निकोलस क्याक्सनले एक एक गोल गरेका थिए भने एक गोल बर्नलीका अमीन अल दाखिलले एक गोल आत्मघाती गोल गरेका थिए । त्यसैगरी बर्नलीका लागि विल्सन ओडोबेर्टले एक गोल गरेका थिए । यो चेल्सीको यस सिजनमा तेस्रो जित हो । ८ खेलमा ११ अंक रहेको चेल्सी लिगमा १०औं स्थानमा रहेको छ । बर्नलीको भने यो यस सिजनमा छैटौं हार हो । यो खेलपछि बर्नलीको ८ खेलमा ४ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।