तीन अंक जोड्दै टोटनहम प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले लुटोन टाउनलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा टोटनह्यामले लुटोन टाउनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा मिकी भान डे भेनले खेलको ५२औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा खेलको पहिलो हाफको अन्त्यमा वाई बिस्सोउमाले रातो कार्ड पाएर मैदान छोड्दा टोटनह्याम १० खेलाडीमा सीमित भएको थियो ।

टोटनह्यामको यो यस सिजनमा छैटौं जित हो । यो जितपछि टोटनह्यामको ८ खेलमा २० अंक भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *