चिरिच्याँट्ट चक्रपथ (तस्बिरहरू)

काठमाडौँ । चक्रपथ बिस्तार अन्तर्गतको पहिलो खण्ड कलङ्की-कोटेश्वर सडक खण्ड काठमाडौँको खुला र सुन्दर सडक मध्यमा पर्छ । सबैले चासोको साथ हेर्ने सडक लायकको बनेको छ ।

चिन सरकारले ८ लेनमा बिस्तार गरेर २०७५ सालमा हस्तान्तरण गरेको यो सडक खण्ड को दूरी १०.३९ किमी छ । बनिसकेपछि पनि धेरै त्रुटिहरू देखिए पनि यो पहिलो खण्ड नेपालको नमुना सडक मध्यमा पर्छ ।

सडकको बनावट र डिजाइन हेर्दा साँच्चै बाहिर विदेशतिरको सडक जस्तो लाग्छ । वर्षभरि को मौसम अनुसार यो सडक खण्डको स्वरूप नै बद्लिन्छ । सडक चौडा मात्र छैन, बलियो पनि छ । जमिन भासिन सक्ने ठाउँमा १५ फिटसम्म माटो झिकेर ग्राभेल भरिएको छ ।

सडक ८ लेनका भएकाले यस सडक छेउछाउमा विभिन्न बोट बिरुवा हरू लगाइएको छ । जुन ४ वटै मौसम अनुसार आफ्नो रूप फेर्ने गर्छन् ।

नयाँ वर्षसँगै ज्याकाराण्डा फुलले बाटो नै ढाकेको देख्न पाइन्छ । भर्खरै मनसुन सकिएसँगै अहिले सडक छेउछाउ हरियाली छन्। कोटेश्वर देखि बल्खु पुल सम्म सडकमा भएका बोटबिरुवाले आदि चक्रपथ हरियाली बनाइदिन्छ ।

सडक छेउ फुटपाथमा हिँड्ने सर्वसाधारण देखि सडकमा कुदाउनेहरूको आँखा सडक छेउछाउ गइहाल्छ । फराकिलो, स्तरीय र सुन्दर! कुनै विकसित देशको भन्दा कम राम्रो देखिँदैन ।

यी दृश्य हरू हेर्दा यो हाम्रो देश नभै अरू ठाउँ कै हो कि जस्तो नि लाग्न सक्ला तर हैन यो तस्बिर हरू चक्रपथ अन्तर्गत को पहिलो खण्ड कोटेश्वर– कलङ्की को हो । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेल आजियाटा लिमिटेडले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा यो सडक खण्डमा हरियाली निर्माण गरिरहेको पनि छ ।

हाललाई चक्रपथ बिस्तार अन्तर्गत दोस्रो खण्ड पनि गत वर्षको फाल्गुन देखि काम त सुरु भएको छ तर त्यति गति भने लिन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *