इजरायली राजदूतसँग गरे परराष्ट्र मन्त्री साउदले छलफल
मकालु खबर
२०८० असोज २१ गते
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् ।
राजदूत गोडरसँग मन्त्रालयमा आइतबार छलफल भएको हो ।
उनीहरूबीच इजरायलमा हमासले गरेको आक्रमण पछिका अवस्थाबारे कुराकानी भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्री साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे राजदूतसँग कुराकानी गरेका हुन् ।
राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाएका थिए ।
उनले इजरायलको कठीन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवादसमेत दिएका छन् ।
मकालु खबर
२०८० असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित