‘प्रसाद-२’ विवादमा पक्राउ परेका ओम अग्रवाल हाजिरी जमानीमा रिहा
मकालु खबर
२०८० असोज २१ गते
‘प्रसाद-२’ चलचित्रको विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल रिहा भएका छन् । उनलाई हाजिरी जमानीमा रिहा गरिएको काठमाडौं प्रहरी परिसरका एसपी कुमुध ढुंगेलले जानकारी दिए ।
फिल्मका निर्माता सुदर्शन बस्नेतको उजुरीपछि अग्रवाल पक्राउ परेका थिए । आपराधिक विश्वास घात गरेको आरोप उनीमाथि लागेको थियो ।
जिल्ला अदालतले उनलाई चारदिन हिरासतमा राख्न अनुमति दिएको थियो।
तर बयान लगायतका कार्य सकिएको भन्दै सरकारी वकिलको रायअनुसार नै उनलाई हाजिरी जमानीमा छाडिएको एसपी ढुंगेलले बताए।
उनका निजी कानुनी सल्लाहकार आशिष श्रेष्ठको जिम्मामा छाडिएको छ।
मकालु खबर
२०८० असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित