बुधबार इजरायल जान लागेका २४ कामदारलाई नजान सरकारकाे आग्रह

२०८० असोज २२ गते

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारहरूलाई इजरायल नजान अनुरोध गरेको छ।
सोमबार साँझ मन्त्रालयले एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई पनि नजान भनेको हो।
भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो।
तर इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण तनाव सिर्जना भएको छ। जसकारण १० जना नेपाली विद्यार्थीहरूको ज्यान समेत गएको छ।
त्यसैलाई मध्यनजरमा राख्दै मन्त्रालयले २४ जना भिसा पाएका कामदारहरूको नामसहित सूचना प्रकाशन गरेको हो।

२०८० असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित