महानगरले थाल्यो कुकुर/बिरालाको बन्ध्याकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालाको बन्ध्याकरण गर्ने भएको छ । सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर बस्न र बाँच्न उचित वातावरण तयार पार्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।

महानगर प्रमुख बालेन शाहले मंगलबारबाट महानगरपालिकाका ९ वटा वडामा कार्यक्रम सुरु गरिएको जानकारी दिए । ‘पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ । यसकारण सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दैछौँ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मंगलबारबाट महानगरपालिकाका ९ वटा वडा ९४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२० बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउनेछौँ । आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविज विरुद्धको खोप दिनेछौँ ।’

  • उनले अगाडि भनेका छन्…

चुनाव बेला घरदैलो गर्दा होस वा कलसेन्टरमा गुनासो काठमाडौँ को मुख्य समस्या मध्य कुकुर व्यवस्थापन पनि रहेछ ।

पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ । यसकारण सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दैछौँ ।

मंगलबारबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउनेछौँ । आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविज विरुद्धको खोप दिनेछौँ ।

९ वडा हुदै हामी  ३२ वडा पुग्नेछौ ।
वडा ४ मा ‘पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर)‘, वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर’ले काम गर्नेछन् । वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल’ले काम गर्नेछन् ।

कार्यक्रम सञ्चालन विधि
तोकिएका संघसंस्था तोकिएका वडामा जानेछन् । जनप्रतिनिधि वा वडाबाट खटिएका कर्मचारीको रोहवरमा सामुदायिक कुकुर र विराला समाउनेछन् । यसरी समातिएका कुकुर विरालाको विवरण भएको फाराम भर्नेछन् । त्यसपछि बन्ध्याकरण गर्ने ठाउँमा लैजानेछन् । बन्ध्याकरण र खोपका क्रममा यसका प्रक्रिया र अवस्थासँग सम्बन्धित फाराम भरिनेछ । त्यसपछि आराम गराएपछि ती कुकुर बिरालालाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिनेछ । यस क्रममा पनि फाराम भरिनेछ । फारामहरुमा वडाबाट शिफारिस गर्ने, प्रमाणित गर्ने, उपचारका सम्लग्न चिकित्सकसहितको हस्ताक्षर हुनेछ । खोप पाएको वा बन्ध्याकरण गरिएकाहरुको कानमा संकेत (एअर नोच) चिन्ह हुनेछ ।

यसरी काम गर्नेहरुले वडामा भएका सबै सामुदायिक कुकुर र बिरालाको खोप र बन्ध्याकरणको काम सकेको वडाबाट शिफारिस भएपछि अर्को वडाको जिम्मेवारी दिइनेछ । काठमाडौँ महानगरपालिकाले २०८० सालमा कुकुर÷विरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ । यही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाइनेछ ।

कार्यविधिमा बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन विधि र प्रक्रिया, यस कार्य सहकार्य गर्ने संघ संस्थाको छनोट प्रक्रिया, निगरानी, अभिलेखन, अनुगमन, मूल्याङ्कन र गुनासो सम्बोधन, भुक्तानी, घरपालुवा कुकुर विरालोको व्यवस्थापनलगायत विषय समावेश छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *