दुर्गा प्रसाईँलाई युवाहरूले तह लगाए : महेश बस्नेत
मकालु खबर
२०८० असोज २३ गते
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई युवाले तह लगाएको टिप्पणी गरेका छन् । सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनका क्रममा प्रसाईँलाई कालोमोसो दलेपछि नेता बस्नेतले यस्तो टिप्पणी गरेका हुन् ।
नेता बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईँलाई युवाहरूले आज तह लाएछन् । अब सुध्रिऊ, अरूलाई दोष नलगाऊ । यस्तालाई सरकारले कारबाही गरोस् । जनप्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाईँ !’
मकालु खबर
२०८० असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित