सांसद बरालको प्रश्न– इजरायलमा जहाज पठाउन अनुमति किन नदिएको ?

कठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालबाट पठाउन खोजिएका जहाज अनुमति नदिएकोबारे सरकारसँग जवाफ माग गरेकी छन् ।

मंगलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताइन् ।

उनले यी घटनाबाट पाठ सिकेर योजना बनाउन आवश्यक रहेको बताइन् ।

उनले इजरायल आफैँमा ढुक्क भएर बस्ने देश नरहेको भन्दै इजरायलस्थित नेपाली दुतावासलाई त्यहाँको वस्तुस्थितिबारे जानकारी नरहेको स्पष्ट भएको बताइन् ।

उनले थप जोखिममा नेपाली पर्न नदिनका लागि सरकारले तदारुकताकासाथ काम बताइन् ।

उनले भनिन्.–, ‘हामीले यो घटनाबाट पाठ सिकेर आगामी हाम्रा योजना बनाउन आवश्यक छ । इजरायल आफैँमा ढुक्क भएर बस्ने देश थिएन । त्यहाँको दुतावसाको जुन खालको प्रतिक्रिया, रेस्पोन्स, जुन सक्रियता देखियो, त्यहीँ भएको दुतावासलाई पनि त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी थिएन की जस्तो लाग्यो । यो अपूरणाीय क्षति छ । १० जनाले ज्यान गुमाउनुभएको छ । एक जना बेपत्ता र केही घाइते हुनुहुन्छ । तथापि हाम्रा रणनीतिक योजना के हुने ? यसको प्रत्यक्ष असर पर्ने साउदी र लेबनानमा रहेका नेपालीहरुलाई कसरी सुरक्षित गर्ने ? त्यसमा सोच्नुपर्छ । त्यहाँको दुतावासलाई आवश्यक योजना बनाउन मन्त्रालय संवेदनशील हुनुपर्छ । थप जोखिममा नेपाली पर्न नदिनका लागि सरकारले तदारुकताकासाथ काम गर्नुपर्छ । दुतावासमा कमजोरी नगर्न निर्देशन होस् । नेपालबाट पठाउन खोजिएका जहाज अनुमति दिइएको छैन भनिएको छ, त्यसमा थप पहल गरौँ । सबै राजनीतिक दल मिलेर काम गरौँ । पहलकदमी गरौँ । जतिसक्दो कुटनीतिक माध्यमलाई प्रभावकारी बनाउनु पर्छ ।’

सांसद बरालले सबै राजनीतिक दलहरु मिलेर काम गर्ने हो भने समस्या समाधान हुने र कुटनीतिक माध्यमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *