लक्ष्मी सन्‌राइज बैंकले ल्यायो ‘दसैँ आयो’ योजना (मोबाइल मनि, डेबिट र क्रेडिट कार्ड प्रयोगमा विशेष अफर)

काठमाडौँ । उत्साह र उमङ्ग सहित मनाइने महान चाड दसैँलाई लक्षित गरी विभिन्न अफरहरू सहित लक्ष्मी सन्‌राइज बैंकले ‘दसैँ आयो’ योजना ल्याएको छ ।

दसैँको उपलक्ष्यमा अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको हो ।

बैंकका अनुसार असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सन्‌राइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ।

परम्परागत रूपमा दसैँमा गरिने गतिविधीहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खान–पिन, भ्रमण, शपिङ्ग तथा रमाईलोलाई ध्यानमा राखी सो योजना ल्याएको बैंकले जनाएको छ ।

पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सन्‌राइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः रु २५० र ५०० को क्यासब्याक पाउन सकिने बताएको छ ।

उक्त अफर असोज १८ गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ।

अर्को अफर ‘शपिङ्ग गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०५ वा बढीमा रु १००० सम्मको क्यासब्याक पाउन सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार योजना असोज २७ गते देखि कात्तिक ३ गते सम्म लागू रहनेछ।

‘खाउँला पिउँला’ योजनामा असोज २८ गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एपबाट अर्डर गरी लक्ष्मी सन्‌राइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनिबाट अनलाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २०५ वा बढीमा रु २०० सम्म क्यासब्याक पाउन सकिनेछ।

यसै अफर अन्तर्गत के एफ सी को तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २०५ वा बढीमा रु ५०० सम्म क्यासब्याक पाइने छ।

त्यसै गरी, ‘रमाइलो गरौँला’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरूमा टिकट खरिद गर्दा लक्ष्मी सन्‌राइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत

भुक्तानी गर्दा २५५ वा बढीमा रु ५०० सम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरि लागू हुनेछ।

र, क्यासब्याक अफरहरू बाहेक असोज २५ गते देखि कात्तिक २५ गते सम्म विदेशबाट रेमिट्यान्स पठाउँदा रु ५०१ दक्षिणा प्राप्त गर्न सकिनेछ। यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरूका लागि रु ५०,००० भन्दा बढी रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ।

सबै योजनाहरूमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *