बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १७७ चिकित्सको सामूहिक राजीनामा
मकालु खबर
२०८० असोज २४ गते
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरी सामूहिक राजीनामा दिएका हुन् ।
चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामापत्र बुझाएका छन्।
चिकित्सकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर ज्ञापनपत्र बुझाएका थिए ।
पटक पटक सहमति भएपनि कार्यान्वयन नभएपछि राजीनामा बुझाएको उनीहरुको भनाई छ।
मकालु खबर
२०८० असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित