परराष्ट्रमन्त्री साउद सहितको टोली इजरायल उड्यो

काठमाडौं । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोली नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे इजरायल प्रस्थान गरेको हो ।

जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने छ । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ ।

इजरायलमा मृत्यु भएका १० नेपालीको शव भने तत्काल नआउने भएको छ । हमलामा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल आइपुग्न अझै केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *