दसैँलाई लक्षित गर्दै नेटा–भी को एक्सचेन्ज क्याम्प आयोजना, टेस्ट ड्राइभमा आकर्षक उपहारहरू
काठमाडौँ । सिजी मोटर्सले पुराना गाडीसँग एक्सचेन्ज गरी नेटा–भी लिन इच्छुकहरूका लागि आश्विन २४ गतेदेखि २८ गतेसम्मका लागि बिशालनगर, काठमाडौँ स्थित शोरुममा एक्सचेन्ज क्याम्पको आयोजना गरिरहेको छ ।
प्योर इभी प्लाटफर्ममा बनेको नेटा–भीको अपत्यारिलो ३८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटा भी इभी प्रेमीहरूको पहिलो रोजाइमा परिरहेको बेला आसन्न चाड दसैँलाई लक्षित गरी सिजी मोटर्सले एक्सचेन्ज क्याम्पको आयोजना गरेको हो ।
एक्सचेन्ज क्याम्पमा आकर्षक बोनस सहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक वर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुल अफर समेत दिइरहेको कम्पनीले जनाएको छ ।
साथै हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको छ । सेग्मेन्टमा सबैभन्दा ठुलो ३३५ लिटरको डिक्की भएको नेटा भी ले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याक्युम क्लिनर, १४०० वाटको प्रेसर वासर, भ्याक्युम कप, भ्याक्युम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेट समेत
सित्तैमा दिइरहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
३८० कि.मी रेन्ज, ०.५ रुपैयाँ प्रति कि.मी खर्च, १० वर्ष अथवा २,००,००० कि.मी ब्याट्री र मोटरमा वारेन्टी, ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएको कारणले पनि नेटा भी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको हो ।