उपनेताबाट राजीनामा दिएर केदार कार्कीको पक्षमा खुले हिमाल कार्की

नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका हिमाल कार्की पनि कांग्रेस सांसद केदार कार्कीको पक्षमा खुलेका छन्।

कांग्रेस सांसद केदार कार्की र माओवादी सांसद इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी गरेका छन्।

तर कांग्रेसका ८ सांसद विपक्षमा भएकाले इन्द्र आङ्बोको बहुमत पुग्ने सम्भावना कम छ।

एमालेका ३९ सांसदको हस्ताक्षरसहित दाबी गरेका केदार कार्की मुख्यमन्त्री बन्ने सम्भावना छ।

उपनेताबाट राजीनामा दिएलगत्तै उनले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै प्रदेश प्रमुखलाई भेट्न पुगेका छन्।

हिमालले साथ दिएपछि केदारको पक्षमा कांग्रेसका ९ सांसद भएका छन्। उनलाई एमालेका ३९ जना सांसदको समर्थन छ। तर कार्कीको पक्षमा बहुमत पुगेपनि मुख्यमन्त्रीले भोलिसम्मका लागि दाबी पेश गर्न समय दिएका छन्।

सत्ता गठबन्धनले कार्कीलाई सहमतीमा ल्याएर रातभरमा आश्चर्यजनक निर्णय नगरेमा कांग्रेसको शेखर समूहका कार्की मुख्यमन्त्री बन्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *