सन्दीप लामिछानेले लिए राष्ट्रिय टिमबाट नाम फिर्ता

काठमाडौँ । नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका छन् । घरेलु मैदानमा हुने प्रतियोगिता आउन केही समय बाँकी रहेका बेला सन्दीपले सामाजिक सञ्जालबाट प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै तत्कालका लागि आफू कुनै प्रतियोगिता खेल्न नसक्ने अवस्थामा रहेको बताएका छन् । ‘भारी मन पार्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको र अहिले जुन अवस्थाबाट आफू गुज्रिरहेको छु, त्यो जीवनको निकै कठिन र चुनौतीपूर्ण समय रहेको छ,’ उनले भनेका छन्, ‘मैले आफूलाई फेरी पुरानै अवस्थामा ल्याउन निकै आवश्यक रहेको र यो बेला परिवारलाई पनि समय दिनुपर्ने महसुस गरेको छु । अर्को भेट नभएसम्म सबैको आशीर्वाद र शुभकामनाका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’

सर्वोच्चमा विचाराधीन रहेको सन्दीपको मुद्दाको अन्तिम सुनुवाइ बारम्बार सर्दै आएको छ । हिजोपनि सन्दीपको पेसीमा कुनै सुनुवाइ हुन सकेन । मानसिक रूपमा दबाबमा रहेका सन्दीप चीनमा भएको एसियन गेम्समा पनि मुद्दाकै कारण अन्तिम समयमा खेल्न पुगेका थिए । तर प्रतियोगितामा उनको प्रदर्शन खासै राम्रो हुन सकेको थिएन ।

प्रतिक्रिया

One thought on “सन्दीप लामिछानेले लिए राष्ट्रिय टिमबाट नाम फिर्ता

  1. हे नेपालको नेतामा आधारित कानुन।
    कि मार कि गरिखान दे किन यसरी तड्पाउछस!
    हत्यारालाई माफी दिन्छस।
    एउटा भर्खर 21 बर्ष पुगेको केटो जो देशको नाम रोशन गरिरहेको छ। के मन मिल्यो गए बसे!
    अब किन येत्रो नाटक।
    साला नेपालका नेताले बनाइदिएका सर्बोच्चका न्यायाधीश केरा खाएर बस!
    अब नेपालमा आत्माघाती बम नपड्काउन जेल देश बन्दैन।
    ड्याङ ढ्याङ सम्सद भवनमै गएर !
    साला फटाहा हरु!

Leave a Reply

Your email address will not be published. Required fields are marked *