विश्वकप छनौटमा अर्जेन्टिनाको लगातार तेस्रो जित, रोकियो ब्राजिल
मकालु खबर
२०८० असोज २६ गते
काठमाडौँ । विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिनाले पराग्वेलाई पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पराग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा खेलको तेस्रो मिनेटमा नै निकोलस ओटामेण्डीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि अर्ज्नेतिना विश्वकप छनौटमा अपराजित रहँदै ३ खेलमा ९ अंक भएको छ र दक्षिण अमेरिकी विश्वकप छनौटमा शीर्ष स्थानमा रहेको छ । पराग्वेको भने ३ खेलमा यो दोस्रो हार हो । पराग्वेको ३ खेलमा १ अंक मात्र रहेको छ ।
शुक्रबार बिहान भएको अर्को खेलमा ब्राजिलले भेनेजुएलासँग १-१ गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा उत्रिएको ब्राजिलले ५०औँ मिनेटमा गाब्रियल जिससको गोलमा अग्रता लिएपनि भेनेजुएला बराबरीमा फर्किएको थियो । ८८औँ मिनेटमा एडुवार्ड बेल्लोले खेल बराबरीमा ल्याएका थिए ।
मकालु खबर
२०८० असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित