एकै पटक ३ वटा विमान चार्टर गरेर भियतनामी पर्यटक नेपाल आउँदै
काठमाडौँ । नेपालको पर्यटन क्षेत्रको इतिहासमै एकै पटक तिन वटा विमान चार्टर गरेर भियतनामी पर्यटकहरूले नेपाल भ्रमण गर्ने भएका छन् ।
आगामी अक्टोबर २१, २५ र २९ मा हिमालय एअरलाईन्स का एयरबस ए३२० विमान चार्टर गरेर भियतनामबाट काठमाडौं, पोखरा, लुम्बिनी लगायताका स्थान भ्रमण गर्ने गरी उच्च वर्गीय पर्यटकहरू काठमाडौं अवतरण गर्ने भएका हुन् ।
नेपाली ट्राभल एजेन्सीको अगुवाइमा नेपाली पर्यटन क्षेत्रको इतिहासमै तिन जेट विमान चार्टर गरेर पर्यटकको आदानप्रदान गरिएको यो पहिलो अवसर हो ।
करिब १५ प्रतिशत बुद्ध धर्मालम्बिहरु रहेको भियतनाम बाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या पछिल्ला दिनहरूमा बढी रहँदा भियतनाम काठमाडौँको
यात्रा छोट्याउन तथा यात्रालाई सहजता तुल्याउन यो सोझो चार्टर उडान अद्धितीय भएको पर्यटनविद्हरूको भनाई रहेको छ ।
नेपालमा समेत खर्चालु पर्यटक आउने क्रममा वृद्धि हुँदै गएको पछिल्लो समयमा भियतनाम लिस्टमा थपिएको हो ।
भियतनाम काठमाडौं ओर्लिएका पर्यटकहरूले काठमाडौं उपत्यकाका अलावा बुद्धको जन्मस्थान लुम्बिनी तथा पोखराको समेत भ्रमण अवलोकन गर्नेछन् भने केही पर्यटकहरू नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योगाभ्यासका लागि थप समय बस्नेछन् ।
यसरी नेपाल भियतनाम चार्टर उडान भइरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटकहरू भियतनाम जाने भएका छन् । उडानका क्रममा एकतर्फी रूपमा खाली रहने सिट विक्री गरी पर्यटकका लागि यो चार्टर उडान आर्थिक रूपमा किफायती बनाउन यसको प्रबन्धक रुप्से होलिडेज्ले अहोरात्र मिहेनत गरिरहेको छ ।
नेपालबाट भियतनाम जान चाहने पर्यटकका लागि रुप्से होलिडेज्ले एक लाख बिस हजार रुपैंयाको विशेष टुर प्याकेजको निर्माण गरेको छ ।
चार रात पाँच दिनको भियतनामको हनोईमा बसाई, विभिन्न आकर्षक गन्तव्यहरूको घुमाई, एक दिने क्रुज, भिसा तथा दुईतर्फी हवाई टिकट सम्मिलित यो प्याकेजमा नेपाली पर्यटकहरूको उल्लेख्य आकर्षण रहेको कम्पनीले बताएको छ ।
तिनै चार्टर उडानबाट उल्लेख्य सङ्ख्यामा नेपाली पर्यटकहरूले भियतनाम भ्रमण गर्ने भएका हुन् ।
यी चार्टर उडानमा सीमित सङ्ख्यामा सिट उपलब्ध रहेको जनाउँदै रुप्से होलिडेज्का प्रबन्ध निर्देशक रमेश पराजुलीले सोझो उडान, उत्कृष्ठ आथित्यता
र आकर्षक गन्तव्य भ्रमणको अवसरको सदुपयोग गर्न आग्रह गरेको छन् ।