कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ।

आज सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो।

माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङका अनुसार यसअघि आफैं मुख्द्ययमन्त्री दाबी गरेपनि बहुमत जुटाउन नसकेपछि केन्द्रले नै अन्तिम समयमा कार्कीलाई समर्थन गर्ने निर्णय गरेको थियो।

मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिँदैछन् ।

नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका आफ्नो पक्षका ८ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।

उता प्रदेश संसदीय दलले भने माओवादीका इन्द्र आङ्बोलाई समर्थन गरेको थियो। तर त्यो कार्यन्वयन गर्न असफल भएपछि प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिइसकेका छन्। अहिले कोशी कांग्रेस संसदीय दलको नेताबिहिान छ।

कांग्रेसले पनि विश्वासको मत दिने सम्भावना छ। केन्द्रीय सत्ता गठबन्धनले विश्वासको मत दिएमा कार्कीले राप्रपाबाहेक सबै दलको मत पाउने सुम्भावना छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *