रियलमीको ‘दसैँ तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ योजना सार्वजनिक
काठमाडौँ । सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको विजयादशमी, दीपावली तथा छठ पर्वको पावन अवसरमा ‘दसैँ तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ योजना ल्याएको छ ।
असोज २८ देखि कार्तिक २९ सम्म लागु हुने यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले वासिङ्ग मेसिन (७ केजी अटो), स्कुटर र रियलमी जीटी२ प्रो जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने ‘नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो ‘दसैँ तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ क्याम्पेन ल्याएका छौँ । रियलमी ब्रान्डप्रति नेपाली ग्राहकहरूले देखाउनुभएको माया र साथप्रति हामी सदैव आभारी छौँ । र, यहाँहरू सम्पूर्णमा हामी रियलमीको तर्फबाट विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’
यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले दैनिक रूपमा २.२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर, र कोनका इन्डक्सन जित्न सक्नेछन् भने साप्ताहिक रूपमा नार्जो एन ५३ (६ जिबि +१२८ जिबि) न जित्न सक्ने बताइएको छ ।
त्यस्तै बम्पर उपहारमा कोनका वासिङ मेसिन (७ केजी अटो), कोनका ५५, ४के टिभी, रियलमी जीटी२ प्रो, र टिभिएस एनटर्क स्कुटर जित्न सक्ने बताइएको छ ।