केपी ओली मभन्दा बढी व्यङ्ग्यकार हुनुहुन्छ : दीपकराज गिरी


काठमाडौँ । अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीति शरीरको मुटु भएको र नेपालीहरू राजनीतिबाट हामी टाढा बस्नै नसक्ने बताए । ‘हामीले चलचित्र समयानुकूल परिवर्तन गर्दै जानुपर्छ । राजनीति भन्ने चिज शरीरको हार्ट र मुटु हो । राजनीतिबाट हामी टाढा बस्नै सक्दैनौँ । धेरै नेताहरू आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु तर केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन गर्दै जाने खुबी छ,’ उनले भने, ‘उहाँमा सबै किसिमको ज्ञान छ । उहाँका पोस्ट र व्यक्तिगत रूपमा भेट्दा पनि राम्रो लाग्छ । आफूलाई समयानुसार अपग्रेट गर्नुपर्छ । यो कुरा चलचित्रमा लागू हुन्छ । हास्यव्यङ्ग्यको कुरा गर्दा मलाई नै भन्छन्, तँ भन्दापनि ठूलो हास्यव्यङ्ग्यकर्मी उहाँ हो । व्यङ्ग्यको चेत भनेको ठूलो कुरा हो, व्यङ्ग्य गर्न थुप्रै अध्ययन चाहिन्छ ।’
