३०औँ वार्षिकोत्सव र दसैँको अवसरमा सेल्सवेरीले सार्वजनिक गर्याे आकर्षक अफर

काठमाडौँ । नेपालीहरूको महान पर्व दसैँको अवसर तथा कम्पनीको ३०औँ वार्षिकोत्सवको अवसरमा सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।

ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको कम्पनीले जनाएको छ ।

यो अफर सेल्सवेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरू र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरूमा लागु हुनेछ ।

घरायसी, खाद्यान्न तथा किचनका सामानहरूमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । क्यास ब्याक तथा आकर्षक उपहार योजनालाई समेत अफरमा समावेश गरिएको बताइएको छ ।

वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने इलेकट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ ।

हिमालयन बैंकको एमेक्स क्रेडिट कार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने व्यवस्थासमेत सेल्सवेरीले मिलाएको छ ।

त्यसैगरी सेल्सवेरीले काठमाडौँको महारागञ्जमा नेपालकै ठूलो र सुविधा सम्पन्न भवनबाट सेवा प्रदान सुरु गरेको छ ।

स्थापनाको ३०औँ वार्षिकोत्सवको सन्दर्भ र दसैँको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय सुविधा सम्पन्न भवनबाट कम्पनीले सेवा सञ्चालनमा ल्याउन सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *