इजरायलमा मारिएका नेपालीको शव नेपाल पठाउने तयारी

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरूको शव केहिदिन भित्रमा नेपाल पठाइने भएको छ । इजरायलस्थित नेपाली राजदूतावासले शव नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ।

पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर २/३ दिनमा नेपाल पठाउने भएको हो । गत शनिबार हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए ।

तीमध्ये ५ जनाको शव नेपाली दूतावासलाई प्राप्त भएको छ । प्राप्त भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने दूतावासले जनएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *