नेपाल लाइफद्वारा ‘तिमी यो दसैँमा के गर्छौ ?’ नामक टिकटक प्रतिस्पर्धाको घोषणा

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा
उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ ।

कम्पनीका अनुसार ‘तिमी यो दसैँमा के गर्छौ ?’ नामक यस टिकटकको प्रतिस्पर्धामा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्न सक्नेछन् ।

हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरू छनौट गरी प्रथम, द्वितीय र तृतीय तृतियश्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितीयलाई रु. बिस हजार र तृतीयलाई रु। दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यस टिकटक प्रतिस्पर्धामा देशभरबाट इच्छुक सबैले यही मिति २०८० कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *