नेबिकोको पिनट बटर कुकिज बजारमा
करिब ६ दशकदेखि नेपाली उपभोक्ताको मन जित्न सफल ब्राण्ड नेबिकोले बिजया दशमीको अवसर पारेर फेरी अर्को नयाँ ब्राण्ड बजारमा ल्याएको छ।
बिस्कुट भन्ने बित्तिकै नेबिको नै पहिलो रोजाइमा पर्ने गर्दछ। नेपाली बजारमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ब्राण्ड हो नेबिको। हरेक पुस्तालाई ध्यानमा राखेर, विभिन्न ब्राण्डहरु बजारमा ल्याएको छ र निरन्तर आफ्नो ब्राण्डलाई स्थापित गर्न सफल भएको छ।
बिस्कुट, कुकिज, कन्फेक्सनरी र cereals गरि विभिन्न उत्पादनमा आफ्ना उत्कृष्ट उत्पादन बजारमा बिक्रिवितरण गर्दै आएको छ।
नेबिकोले हालै मात्र बजारमा ल्याएको ब्राण्ड हो, पिनट बटर कुकिज जसको मुल्य ५० रुपैयाँ तोकिएको छ र तौल १२० ग्राम छ । यसमा प्राकृतिक बदाम र बदामको तेलको राम्रो समिश्रण रहेको छ । यो समिश्रण उपभोक्ताको स्वास्थको लागि चाहिने एउटा अत्यावश्यक खाध्य भिटामिन र लावक्ष्यको समिश्रण हो ।
आकर्षक प्यकेजीङ्गमा तयार गरिएको सो ब्राण्ड केहि नौलो स्वादमा हुनेछ । विस्तारै यसले आफ्नो बजार बनाउने। उपभोक्ताको मन फेरि पनि जित्नेछ भन्नेमा कम्पनि विश्वास्त रहेको छ।