तीव्र गतिमा रहेको जीप खस्दा दुई महिलाको मृत्यु, पाँच जना गम्भिर
मकालु खबर
२०८० कार्तिक ७ गते
काठमाडौँ । दोलखामा जीप दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । बिगु गाउँपालिका-२ ओराङमा बा १४ च ८९३४ नम्बरको जीप दुर्घटना परेको हो ।
दुर्घटनामा बिगु–२ कै चिनीमाया तामाङ र बालमायी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा घाइते भएका ६ मध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिए । अप्ठ्यारो सडकमा तीव्र गतिको कारण जीप पल्टिएको अनुमान प्रहरीले गरेको छ ।
मकालु खबर
२०८० कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित