प्रतिनिधि सभा बैठकमा दुई वटा विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज (आइतबार) दुई वटा विधेयक पेस भएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत भएको छ भने ‘भन्सार विधेयक, २०८०’ पनि प्रस्तुत भएको छ ।

दुवै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका हुन् ।

त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मङ्गलवार अपराह्न ४ बजे सम्बोधन सम्बन्धी जानकारी संसदलाई गराए ।

उनले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपचारिक पोसाकमा उपस्थित हुन सांसदहरूलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *