गुटेरेसलाई अन्नपूर्ण आधार शिविरमा सुरक्षा दिन पुगेका असईको लेक लागेर मृत्यु
मकालु खबर
२०८० कार्तिक १५ गते
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ।
उनी महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्ने भएकाले सुरक्षाका लागि गत शनिबार त्यहाँ पुगेका थिए।
फर्किनेक्रममा रहेका मंगलबार अन्नपूर्ण गाउँपालिका–११ स्थित एक होटलमा बास बसे।
त्यहिक्रममा लेक लागेर उनको स्वासप्रस्वासमा समस्या आएको खबर पाएपछि बुधबार बिहान हेलिकप्टरबाट उनलाई पोखरा ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान ९ः३३ बजे उनलाई पोखराको मणिपाल अस्पताल पुर्याइएको थियो।
उपचारको क्रममा ९ः४६मा चिकित्सकले उनलाई मृत घोषणा गरेको कार्यालयले जनाएको छ।
मकालु खबर
२०८० कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित