अर्थतन्त्रको सङ्कट समाधान गर्न सर्वपक्षीय सम्मेलन आवश्यक छ : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान अर्थतन्त्रको सङ्कट समाधान गर्न सर्वपक्षीय सम्मेलन आवश्यक रहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभामा पार्टीका तर्फबाट धारणा राख्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो दाबी गरे ।

उनले अर्थतन्त्रमा परेको संकट समाधान गर्ने लागि सत्ता पक्ष र विपक्ष,निजी क्षेत्र,अर्थविदहरु सबै पक्षको महासम्मेलन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

उपाध्यक्ष पौडेलले अर्थतन्त्रमा देखिएको सरकार अर्थतन्त्रका समस्या समाधान गर्न पूर्णरुपमा असफल भएको दाबी गरे ।

उनले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई सवलिकरण गर्ने भन्दा पनि समस्याप्रति बेखबर देखिएको बताए ।

उनले सरकारले अर्थतन्त्रमा देखिएका कुनै समस्याको समाधान गर्न नसक्ने उल्लेख गरे ।

उनले अर्थतन्त्र चरम संकटमा पुग्दा प्रधानमन्त्री र अर्थमन्त्रीबाट परस्पर अभिव्यक्तिले अन्योलता सिर्जना गरेको बताए ।

नेता पौडेलले सरकार अर्थतन्त्रमा देखिएको संकटबारे बेखबर रहेको भन्दै सरकारले अर्थतन्त्रमा परेको संकट समाधान गर्ने नभएर बुझ्ने सामथ्र्यसमेत गुमाएको आरोप लगाए ।

उनले सरकारले पुँजीगत खर्च गर्न र सम्पन्न भएका आयोजनाहरुको भुक्तानी दिन नसकेको अवस्था रहेको बताए ।

उनले दशैँअघि नै भुक्तानी दिन्छु भनेर अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा बोले पनि अहिलेम्म पनि भुक्तानी दिन नसकेको बताए ।

उनले राजश्वले प्रशासनिक काम गर्न, तलब खुवाउन नसक्ने, पेन्सन दिन नसक्ने अवस्थामा पुगेको उल्लेख गरे ।

उनले सरकार मुद्रा विनियमतबाट सामान विनियमत तिर जान लागेको आरोप लाए ।

उनले शेयर बजार दिनप्रति दिन ओरालो लागे पनि त्यस विषयमा सरकार बेखर भएको भन्दै अर्थतन्त्रका समस्या समाधान गर्न असफल भएको दाबी गरे ।

उनले भने,‘सरकारले पुँजीगत खर्च गर्न सकिरहेको छैन । अर्कोतिर सम्पन्न भएका आयोजनाहरुको भुक्तानी दिनसकेको छैन। दशैँ अघि नै दिन्छु भनेर अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा बोल्नु भयो तर अहिलेम्म पनि भुक्तानी अझै दिएको छैन। राजश्वले प्रशासनिक काम गर्न, तलब खुवाउन नसक्ने, पेन्सन दिन नसक्ने अवस्थामा पुगेको छ। यसले देखाउँदैन अर्थतन्त्रको अवस्था कहाँ पुगेको छ भनेर। दैनिक उपभोग्य वस्तुको भाउ बढेको छ । हामी मुद्रा विनियमतबाट सामान विनियमत तिर लागेको छ होइन। हामी वस्तु विनिमयतिर जान लागेको हो? दुधको सट्टामा घिउ लिएर जाउ रे। यसमा सरकार बेखर छ । शेयर बजार दिनप्रति दिन ओरालो लागेको छ त्यस विषयमा बेखर छ । सरकार अर्थतन्त्रका समस्या समाधान गर्न असफल भएको छ । सरकारले अर्थतन्त्रमा परेको संकट समाधान गर्ने होइन, बुझ्ने सामथ्र्यसमेत गुमाएको छ । संकट समाधानका लागि सत्ता पक्ष र विपक्ष,निजी क्षेत्र,अर्थविद्हरु सबै पक्षको महासम्मेलन गर्नुपर्ने भएको छ । यो सरकारको नेतृत्वमा अर्थतन्त्रको समस्या साधान हुँदैन ।’

उनले मुलुकको अर्थतन्त्र संकट र मन्दीको अवस्था रहेकाले यो विषयमा सरकार बेखबर हुन नमिल्ने बताए ।

उनले प्रधानमन्त्री स्वयंले अर्थतन्त्र अपरेशन गर्नुपर्ने अवस्थामा रहेको भन्ने तर अर्थमन्त्रीले अर्थतन्त्र ठिक छ भन्ने कुरामा सच्याई नभएको बताए ।

उनले सरकारको प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्रको विषयमा दुईतिर बसेर गरेको कुरा प्रतिपक्षले मानेर हिँड्नु परेको अवस्था रहेको बताए ।

उनले माग र आपूर्ति घटेर कारखाना उत्पादन घट्नाले आधा क्षमतामा मात्रै उद्योगहरु चलेको बताए । उनले सरकारको राजश्व लक्ष्यअनुसार उठ्न नसकेको भन्दै अन्तर्राष्ट्रिय सहयोग समेत घटेको बताए ।

उनले वाह्यभन्दा आन्तरिक ऋण बढेको बताए । उनले बैंकमा तरता भएपनि ऋण लिने मान्छे नभएको भन्दै मुलुकको अर्थतन्त्रको समस्या झनपछि झन विकराल अवस्था पुग्न लागेको बताए ।

उनले भने– मुलुकको अर्थतन्त्र संकट र मन्दीको अवस्थामा छ भन्ने कुरामा सरकार बेखबर छ । प्रधानमन्त्ती नै अपरेशन गर्नुपर्ने अवस्थामा छ भन्नुहुन्छ, तर अर्थमन्त्री भन्नुहुन्छ अर्थतन्त्र ठीक छ अर्थतन्त्र लयमा फर्कंदै छ । प्रधानमन्त्री र अर्थमन्त्री कसका कुरा पत्याएर हिँड्ने यी कुरामा सच्याई छैन । कुन कुरा ठिक हो । प्रधानमन्त्रीले अर्थतन्त्र संकटमा छ भनेको कुरा ठिक हो की अर्थमन्त्रीले अर्थतन्त्र ठीक छ अर्थतन्त्र लयमा र्फकदै छ भन्ने कुरा ठिक हो ? सरकारको प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्रको विषयमा दुईतिर बसेर कुरा गर्नु भएको छ । त्यस्ता कुरा हामीले मानेर हिँड्नु परेको छ । तथ्यले भने अर्थतन्त्र संकट र मन्दीमा छ भन्ने देखाउँछ । माग र आपूर्ति घटेका छन्। कारखाना उत्पादन घटेटको, आधा क्षमतामा उद्योग चलेका छन्। हरेक सटर खाली भएको अवस्था छ । सरकारको राजश्व लक्ष्य अनुसार उठ्न सकेको छैन । अन्तराष्ट्रिय सहयोग घटेको, ट्रेजरी डेफिसेट घाटामा छ । आर्थिक वर्षको पहिलो तीन महिनामा ९५ अर्ब आन्तरिक ऋण उठाएको छ । र तर पनि सञ्चित कोष १५० अर्बले घटेको छ । सार्वजनिक ऋण बढेको छ । बाह्यभन्दा आन्तरिक ऋण बढेको छ । उद्योगी व्यवसायीहरु बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा पुगेका छन् । व्यवसायीहरु बैंकको कालोसूचीमा पर्नेहरु गुणात्मक रुपमा बढ्न थालेका छन् । ब्याजदर महँगो छ । बैंकमा तरता छ तर ऋण लिने मान्छे छैन। मुलुकको अर्थतन्त्रको समस्या झनपछि झन बिकराल बन्दै छ । तर सरकार यस्ता विषयमा सरकार बेखबर भएर चलेको छ । व्यवसायीको कुरा सुन्ने, समस्या समाधान गर्नेतिर होइन, उद्योगी व्यवसायीमाथि डन्डा वर्षाउन लागेको छ । त्रसित र आतंकित बनाउन लागि परेको छ । सहकारीको अवस्था चिन्ता जनक अवस्थामा छ ।’

उनले सरकारले व्यवसायीको कुरा सुन्ने, समस्या समाधान गर्ने भन्दा पनि उद्योगी व्यवसायीमाथि डण्डा वर्षाउन लागेको आरोप लगाए ।

उनले उद्योगी व्यवसायीहरुलाई त्रसित र आतंकित बनाउनु गलत भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *