प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल
मकालु खबर
२०८० कार्तिक १८ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न अपिल गरेका छन् । जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउँदै उनले प्रभावितको उद्धार तथा राहतमा जुट्न अपिल गरेका हुन् ।
उनले विपद्को घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।
मकालु खबर
२०८० कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित