भोलि बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो
मकालु खबर
२०८० कार्तिक १८ गते
काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा राहत प्याकेज घोषणाका लागि भोलि मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले भोलि बिहान ८ बजे बैठक आह्वान गरिएको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रभावित क्षेत्रमा छन् । आज साँझसम्म क्षतिको विवरण संकलन गरी आवश्यक राहतको घोषणा गर्ने तयारी सरकारले गरेको छ ।
प्रहरीका अनुसार अहिलेसम्म भूकम्पमा परी १३६ जनाको मृत्यु भएको छ । १६५ जना घाइते भएका छन् ।
मकालु खबर
२०८० कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित