भूकम्पबाट घाइतेको सरकारले निःशुल्क उपचार गर्ने
मकालु खबर
२०८० कार्तिक १९ गते
काठमाडौँ । सरकारले भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।
त्यसका लागि वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए । घाइतेहरूको रेस्क्यु लगभग सकिएकाले अब पीडितहरूको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाई छ ।
शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ ।
मकालु खबर
२०८० कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित