चीनले टेन्ट, ब्ल्याङ्केटसहित १० करोड सामग्री सहयोग गर्ने
काठमाडौँ । चीनले १० करोड रुपियाँको सामग्री सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित करिब १० करोड नेपाली रुपियाँ सामग्रीहरू प्रदान गर्ने जनाएको हो ।
शनिवार सामाजिक सञ्जाल एक्स मार्फत उहाँले आपतकालिन प्रतिक्रियाको रूपमा चीनले पहिलो चरणको सहयोग कार्यक्रमको घोषणा गरेको समेत उनले बताए । चीनको साउथ एसियन कन्ट्रीज इमरजेन्सी सप्लाइज रिजर्भले प्रदान गर्ने उक्त सहयोग भोलीसम्ममा आइपुग्ने छ ।
पहिलो आपतकालीन प्रतिक्रियाको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित लगभग १० करोड नेपाली रुपियाँ सामग्रीहरू प्रदान गर्नेछ। उक्त सहयोग चीनको साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भले उपलब्ध गराउनेछ। यी सबै सामग्री एक दुई दिनमा आइपुग्नेछ। थप सहायताहरू… pic.twitter.com/mXEBPmJsfe
— Ambassador Chen Song (@PRCAmbNepal) November 4, 2023