अष्ट्रेलियामा गायक सुगम पोखरेलले गरेको लफडा के हो ?

काठमाडौँ । गायक सुगम पोखरेल र दर्शकबिच विवाद भएको छ ।

गत शनिवार साँझ अष्ट्रेलियाको एडिलेडमा आयोजित एक कन्सर्टमा गायक पोखरेल र उक्त कन्सर्टमा सहभागी दर्शकबिच विवाद भएको हो ।

साङ्गीतिक कार्यक्रममा उनले दर्शकलाई माइक्रोफोनले झटारो हानेको देख्न सकिन्छ । गीत गाउँदै गर्दा अगाडि रहेका दर्शकलाई ताकेरै उनले माइक्रोफोनको झटारो हानेका हुन् ।

भिडियोमा देखिए अनुसार उनले नेपालमा गत राति शुक्रवार जाजरकोटलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्प र त्यहाँ ज्यान गुमाउने नेपालीप्रति मौन धारण गर्न दर्शकलाई अनुरोध गरेका थिए ।

मौन धारणमा दर्शकले खासै चासो नदिएपछि उनले एक जना दर्शकलाई झटारो हानेको भिडियोमा देखिन्छ ।

उनले हानेको माइक्रोफोनले लागेर एक दर्शक सामान्य घाइतेसमेत भए । पोखरेलले दर्शकलाई माइक्रोफोनले हानेको भिडिओ अहिले सामाजिक सञ्जालहरूमा ‘भाइरल’ छ ।

भएको के हो ?

भिडिओमा उनले स्टेजबाट एक पटक झिल्के भन्न अनुरोध गर्छन् । त्यसपछि उनले त्यहाँ (अस्ट्रेलिया) पहिलो पटक आएको कुरा गर्छन् र नेपाल भन्छन् ।

त्यस लगत्तै नेपालको जाजरकोटमा भूकम्प गएको बताउँछन् । र भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या भन्छन् । त्यसपछि मृत्यु हुनेका लागि मौन धारण गर्न पटक–पटक अनुरोध गर्छन् । तर, मौन धारणमा दर्शकले खासै चासो दिँदैनन् ।

आफ्नो कुरा दर्शकले नमानेपछि उनले स्टेजबाट ओर्लिएर एक दर्शकलाई ताकेरै गर्दै माइक्रोफोनले झटारो हानेको भिडिओमा देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *