सानिमा बैंकको दराजसँग ‘दराज ११.११’ योजनाका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु २ हजार सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

सोे योजना २०८० कार्तिक २५ देखि २०८० मंसिर ६ गतेसम्म १२ दिनका लागि लागू हुने बैंकले जनाएको छ ।

सानिमा बैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *