अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौँ । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ ।

नर्भिक अस्पतालका सीईओ अजय मिश्रका अनुसार स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको हो ।

शरीरमा औषधीको मात्रा धेरै देखाइएको कारण देखाउँदै अस्पतालले मृत घोषणा गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जनाइन् ।

‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *