विद्युत् प्राधिकरणमा झण्डै ४ सय जनालाई जागिरको अवसर (सूचनासहित)
मकालु खबर
२०८० कार्तिक २४ गते
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौँ तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो ।
प्राधिकरणले दसौँ तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रबन्धक मागेको छ । इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ । प्राधिकरणको वेभ साइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ । दरखास्त शुल्क पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।
मकालु खबर
२०८० कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित